arin enterprises

समूह जी वाट स्विडेन र दक्षिण अफ्रिका दोस्रो चरणमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १७, बुधबार

महिला विश्वकप २०२३ को समूह जी वाट स्विडेन र दक्षिण अफ्रिका दोस्रो चरणमा प्रवेश गरेको छ । स्विडेन समूह जी को शीर्ष स्थानमा र दक्षिण अफ्रिका दोस्रो स्थानमा रहि अन्तिम–१६ मा प्रवेश गरेको हो ।

बुधबार भएको खेलमा स्विडेनले अर्जेन्टिनालाई २–०ले हरायो । यो जितसँगै स्विडेनले समूह चरणको तिनैवटा खेलमा जित हारिस गरे । उसले समूह जीमा ९ अंक जोडेको छ ।

यस्तै बुधबारै भएको अफ्रिकाले पहिलो ऐतिहासिक जितका लागि इटालीलाई ३–२ ले हरायो ।

दुईदई गोलको बराबरीमा रहेको खेलमा इटालीलाई हराउन थेम्बी कागटलानाले ९२ औं मिनेटमा निर्णायक गोल गरिन् ।

यो जितसँगै दक्षिण अफ्रिका यस विश्वकपको भाग्यमानी टिम सावित भएको छ ।  जसले एकै खेल मात्र जितेर अन्तिम १६ को यात्रा तय गरेको छ ।

समूह जी मा उसको तीन खेलबाट चार अंक जोडे । अब दक्षिण अफ्रिकाले अब अन्तिम १६ मा समूह ई को विजेता नेदरल्यान्ड्सको सामना गर्नेछ ।

Categorized in स्पाेर्ट्स