arin enterprises

महानगरको सम्पूर्ण सेवा काठमाडौं प्लाजाबाट

SamacharDesk | २०८० श्रावण १७, बुधबार

काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि सम्पूर्ण सेवा पुतलीसडकस्थित काठमाडौं प्लाजास्थित महानगरको कार्यालयबाट संचालन गरेको छ ।

नेपाल ट्रस्टका नाममा रहेको उक्त प्लाजाको भवनमा अस्थायी रुपमा चैत्र ९ देखि सुन्धारामा रहेको भवनबाट स्थानान्तरण गरेको थियो । तर अब भनेसाउन १ देखि स्थायी रुपमा स्थानान्तरण भएको हो ।

यसअघि विभिन्न भवन गरी ११ स्थानबाट सेवा दिंदै आएको महानगरले सबै प्रकारका नागरिक सेवा यही भवनबाट दिनेछ  ।

नेपाल ट्रस्ट अन्तर्गत रहेको उक्त प्लाजाले काठमाडौं महानगरपालिकासँग मासिक ६० लाख ५० हजार रुपैयाँमा भवन भाडामा दिने सहमति गरी सेवाग्राहीलाई एकै छानोबाट सेवा दिन थालेको हो ।

Categorized in स्थानीय