arin enterprises

दराज एपमा ‘Ask Daraz’ च्याटबट सुविधा सुरुवात

SamacharDesk | २०८० श्रावण १८, बिहिबार

नेपालको ई-कमर्श प्लेटफर्म दराजले आफ्नो ग्राहकहरुलाई मध्यनजर गर्दै  ग्राहकहरुको सपिङ अनुभवलाई सरल बनाउन AI सन्चालित च्याटबट, “AskDaraz” लन्च गरेको छ ।

दराजमा Microsoft Azure Open AI सेवाको पछिल्लो संघटनको घोषणा गरिएको हो। OpenAI को ChatGPT द्वारा संचालित “AskDaraz”ले प्रयोगकर्ताहरूलाई AI च्याटबटसँग स्वाभाविक रूपमा छलफल गर्न र सम्पूर्ण सपिङ प्रक्रियालाई सजिलो र छिटो बनाउने जनाएको छ।

AskDaraz ले ग्राहकको विशेष आवश्यकताहरूको विश्लेषण गरेर त्यसमा आधारित सामानहरू सिफारिस गर्नेछ । यसले ग्राहकहरूलाई उच्चस्तरीय अनुभवहरू प्रदान गरेर अफलाइन र अनलाइन किनमेल बीचको जानकारीहरुलाई प्रस्ट  पार्दछ ।

यसका साथै दराज प्लेटफर्मका ब्रान्ड र बिक्रेताहरूले पनि AskDaraz बाट लाभ उठाउन सक्ने कम्पनीको दावी छ । AskDaraz ले सामानको दृश्यता बढाउन र नयाँ दर्शकहरूमाझ पहुँच पुर्याउन मद्दत गर्दछ ।

प्रयोगकर्ता अन्तरक्रियाको संख्या बढ्दै जाँदा दराजले AI लाई अप्टिमाइज गरिरहनेछ जसका कारण ग्राहक सेवालाई अझ टेवा पुग्ने कम्पनीले बताए । 

यसको बारेमा बोल्दै दराजका प्रमुख कार्यकारी अधिकृत बि.आर.के मिकेलसेनले भने, ‘हाम्रो मिशन भनेको वाणिज्यको शक्ति मार्फत समुदायहरूलाई उत्थान गर्नु हो।

यो हाम्रो लागि एउटा महत्वपूर्ण माइलस्टोन हो किनकि हामीले नयाँ बजार विस्तार गर्न टेक्नोलोजीको प्रयोग गरीरहेका गर्छौं।

बजारमा बढ्दो स्मार्टफोन अपनाउने दरको मुल्याङ्कन र त्यसमाथी हाम्रो एपमा Microsoft Azure OpenAI सेवाको फाइदा उठाएर, AskDaraz ले थप प्रयोगकर्ताहरूलाई हामीसँग नजिक भई सपिङ अनुभवलाई सहज बनाउनेछ ।

दराज नेपालले ईलेक्ट्रोनिक्स, सौन्दर्य, फेसन, स्वास्थ्य तथा थुप्रै अन्य प्रोडक्टहरुको अनलाइन व्यापार गर्दै आएको छ । 

१८००० भन्दा बढी बिक्रेताहरूको नेटवर्क, १.५  मिलियन सक्रिय एप प्रयोगकर्ताहरू र देशभरका १०८ शहरहरूको प्रभावशाली कभरेजको साथ दराज नेपालले ई(कमर्स परिदृश्यलाई कम्पनीले द्रुत रूपमा सेवा दिंदै आएको छ ।

Categorized in बिजनेस