जमर्नी महिला विश्वकपवाट बाहिरियो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १८, बिहिबार

महिला विश्वकप २०२३ बाट जर्मनी बिहीबार बाहिरिएको छ । उपाधि जित्ने प्रवल दावेदार मानिएको जर्मनीलाई दक्षिण कोरियाले १–१ गोलको बराबरीमा रोकेपछि विश्वकप प्रतियोगितावाट बाहिरिएको हो ।
दुई पल्टको च्याम्पियन जर्मनी महिला विश्वकपको समूह चरणमै रोकिएको पनि यो पहिलो पल्ट हो । यसलाई महिला विश्वकप इतिहासको ठूलै अप्रत्यासित नतिजा मानिएको छ ।
यता अर्को खेलमा मोरक्कोले कोलम्बियालाई १–० ले हराउँदै अन्तिम १६ पुग्न सफल रह्यो । हारका बावजुत कोलम्बिया भने छ अंकमा समूहको शीर्षमा रह्यो ।
यस्तै मोरक्कोको पनि समान छ अंक रहेको छ ।
जर्मनीले चार अंक र दक्षिण कोरियाले अंक मात्र बटुल्दै प्रतियोगितावाट बाहिरियो ।
Categorized in स्पाेर्ट्स