को–को भिड्डै छ महिला विश्वकपको नकआउट चरणमा ?
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १९, शुक्रबार

न्यूजिल्याण्ड र अष्ट्रेलियाको संयुक्त आयोजनामा जारि महिला विश्वकप प्रतियोगिता २०२३ को नकआउट चरण अर्थात अन्तिम १६को खेल भोलि शनिबारबाट सुरु हँदैछ ।
बिहिबार समूह चरणको खेलमा कोलम्बीया र मोरोक्को नकआउट चरणमा पुगेसँगै अन्तिम–१६ टोलीको टुंगो लागेको हो ।
अन्तिम–१६मा स्वीट्जरल्याण्ड, नर्वे, अष्ट्रेलिया, नाइजेरिया, जापान, स्पेन, इंग्ल्याण्ड, डेनमार्क, नेदरल्याण्डस्, अमेरिका, फ्रान्स, जमाईका, स्वीडेन, दक्षिण अफ्रिका, कोलम्बीया र मोरोक्को पुगेको छ ।
अन्तिम–१६को खेल अष्ट्रेलियामा छवटा र न्युजिल्याण्डमा दुईवटा हुने छ ।
नकआउट चरणमा खेलहरु:-
अगस्ट ५ शनिबार
स्वीट्जरल्याण्ड विरुद्ध स्पेन
जपान विरुद्ध नर्वे
अगस्ट ६ आइतबार
नेदरल्याण्डस् विरुद्ध दक्षिण अफ्रिका
स्वीडेन विरुद्ध अमेरिका
अगस्ट ७ सोमबार
इंग्ल्याण्ड विरुद्ध नाइजेरिया
अष्ट्रेलिया विरुद्ध डेनमार्क
अगस्ट ८ मंगलबार
कोलम्वीया विरुद्ध जमाइका
फ्रान्स विरुद्ध मोरोक्को
Categorized in स्पाेर्ट्स