भारत कर्नाटकका रविले बनाए क्यामरा घर
SamacharDesk | २०८० श्रावण १९, शुक्रबार

भारतको कर्नाटक राज्यमा बस्ने रवि होङ्गलले क्यामराजस्तै घर बनाएका छन् ।
होङ्गल पेशाले फोटोग्राफर हुन् भने उनका पत्नि पनि फोटोग्राफर रहेका छन् । उनको क्यामराप्रतिको विशेष लगावका कारण क्यामरा जस्तै आकारको घर बनाएको उनले बताए ।
शुरुमा आफूले क्यामरा जस्तो घर बनाउँदा सबैले बहुलठ्ठी भन्ने गरेको अनुभव सुनाउँछन् होङ्गल तर अहिले आफ्नो घर सामुन्ने बसेर सेल्फि लिने, फोटो लिने तथा टिकटकहरु बनाउँदा आफूलाई खुसी लागेको उनी बताउँछन् ।
उनले आफ्नो तीन छोराहरुको नाम पनि चर्चित क्यामरा ब्राण्डका नामहरु राखेका छन् । जसमा क्यानन, निकोन र एप्सन रहेका छन् ।
स्कूलमा तिम्रो नाम निकोन हो, हाम्रो फोटो किन खिचिराखेका छौ भनेर जिस्क्याउने गरेको अनुभव सुनाँछन् उनका जेठा छोरा निकोन । तर अहिले भने क्यामरा घरमा बस्ने निकोन भनेर सम्बोधन गर्ने गरेको बताउँछन् ।
रविका तीन जना छोराहरु पनि फोटोग्राफीसम्बन्धी अध्ययन गर्दैछन् ।
Categorized in अन्तर्राष्ट्रिय