कम्युनिटि शिल्ड फुटबलको उपाधि आर्सनललाई
SamacharDesk | २०८० श्रावण २२, सोमबार

यस वर्षको कम्युनिटि शिल्ड फुटबलको उपाधि आर्सनलले जितेको छ ।
गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई टाई ब्रेकरमा हराँउदै आर्सनलले इंग्लीश फुटबलको नयाँ सिजनको पहिलो खेल मानिने कम्युनिटी शिल्डको उपाधि जितेको हो ।
खेलको ७० औं मिनेटमा सिटीका कोले पाल्मरले गोल गर्दै टोलीलाई अग्रता दिए । इन्जुरी समयको अन्तिम मिनेटमा आर्सनलका लियान्द्रो ट्रोसार्डले बराबरी गोल गरपछि खेल टाई ब्रेकरमा पुग्यो ।
टाई ब्रेकरमा आर्सनल ४–१ ले विजयी भयो । सिटीका केभिन डे ब्रायन र रोड्रीको प्रहार बिफल भएपछि आर्सनलका फाबियो भियराले निर्णायक गोल गर्दै टोलीलाई उपाधि जिताएका हुन् ।
यो उपाधिसँगै आर्सनलले अर्को हप्ता सुरु हुने नयाँ सिजनको प्रिमियर लिगको लागि सुरुवाती दावेदारी पस्किएको छ ।
Categorized in स्पाेर्ट्स