मार्शको कप्तानीमा अष्ट्रेलियान क्रिकेट टोली घोषणा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २२, सोमबार

मिचेल मार्शको कप्तानीमा अष्ट्रेलियान क्रिकेट टोली घोषणा भएको छ ।
अष्ट्रेलियाले दक्षिण अफ्रिकासँगको तीन खेलको टीट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि मार्शको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
यी दुई राष्ट्रका बीच तीन खेलको टी–ट्वान्टी सिरिज ३० अगस्टबाट सुरु हुँदैछ ।
टोलीका नियमित सदस्य रहेका मिचेल स्टार्क, जोश हेजलवुड, प्याट कमिन्स, क्यामरुन ग्रीन र डेभिड वार्नरलाई आराम दिइएको छ । तर, स्टिभ स्मिथ र ग्लेन म्याक्सवेललाई भने टोलीमा समावेश गरिएको छ ।
यस्तै टोलीमा तीव्र गतिका बलर स्पेन्सर जोन्सन, अलराउण्डर आरोन हार्डी र म्याट सर्टसँग पहिलो पटक अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
एस्टन अगर भने टोलीमा समावेश छैन । एसेन सिरिजका क्रममा घाईते भएका अगर पूरा निको भईनसकेका कारण टोलीमा नआएको हो ।
अष्ट्रेलियाको टोली
मिचेल मार्श (कप्तान), सन एबोट, जेसन बेहरेनडोर्फ, टिम डेभिड, नाथन एलिस, आरोन हार्डी, ट्रेभिस हेड, जोश इग्लिस, स्पेन्सर जोनसन, ग्लेन म्याक्सवेल, म्याट सर्ट, स्टिभन स्मिथ, मार्कस स्टोइनिस र एडम जाम्पा
Categorized in स्पाेर्ट्सSome fresh faces will be on the plane for three T20s against South Africa at the end of this month!
— Cricket Australia (@CricketAus) August 7, 2023
Oh, and Mitch Marsh will be the captain pic.twitter.com/DJLcMSsIO2
