इंग्ल्याण्ड महिला विश्वकपको क्वाटरफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २२, सोमबार

जारी फिफा महिला विश्वकपमा इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार सम्पन्न खेलमा इंग्ल्यान्डले नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै विश्वकपको क्वाटरफाइनमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
अष्ट्रेलियाको सनकोर्प स्टेडियमा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा खेल गोल रहित बराबरी रोकेको थियो ।
पेनाल्टी सुटआउट क्लोई केली, एलेक्स ग्रीनवुड, रेचल डेली र बेथानी इंग्ल्याण्डले गोल गर्दा जॉर्जिया स्टँनवेले गोल गर्न सकेन ।
यस्तै नाइजेरियाका क्रिस्टी उचेइबे र रशीदात अजीबेड गोल गर्दा डिजाएर ओपारानोजीई र मिसेल अलोझी गोल गर्न असफल भए ।
त्यसअघि खेलको ८७ औँ मिनेटमा इंग्ल्याण्डकी लाउरेन जेम्सले रातो कार्ड पाएपछि इंग्ल्याण्ड १० खेलाडीमा खेलेको थियो ।
यो जितसँगै अब क्वाटरफाइनलमा इंग्ल्याण्डले कोलोम्बिया र जमैकाबीचको विजेतासँग खेल्ने छ ।
Categorized in स्पाेर्ट्स