आमाको हत्या अभियोगमा छोरा पक्राउ
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० श्रावण २३, मंगलबार

सल्यानमा आफ्नै आमाको हत्याको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
४८ वर्षीया शारदा भण्डारीको हत्या गरेको अभियोगमा उनकै छोरा नवीन भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय भण्डारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नवीनले एक्कासी आफूलाई देउता चढेको भन्दै कोठामा गई पैँयाको लठ्ठीले शारदाको टाउकोमा प्रहार गरेका थिए । उक्त प्रहार पछि शारदाको घटनास्थलमै मृत्यु भएको थियो ।
अस्थायी प्रहरी पोष्ट स्यानीखालबाट खटिएको प्रहरीको टोलीले नवीनलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध