इन्डोनेशियामा रञ्जना लिपि सहितको बौद्ध मूर्तिहरु
SamacharDesk – राम डंगोल | २०८० श्रावण २४, बुधबार

इन्डोनेशियामा नेपालको मौलिक रञ्जना र प्रचलित नेपाल लिपिसहितको बौद्ध धर्मसँग सम्बन्धित धेरै प्राचिन मूर्तिहरु पाएको छ ।
इण्डोनेसियाको जाभा र बारोबुडरबाट प्राप्त यी मुर्तीहरुमा प्राप्त प्रचलित नेपाल लिपिले नेपाल (नेवा:) सभ्यताको फैलावट कहाँसम्म भएको प्रस्ट हुन्छ ।
जसरी उत्तरमा नेपालबाट तिब्बत हुँदै चीन कोरिया जापान सम्म नेपालको मौलिक शैली हरनिकोले पुराए त्यस्तै नेपाल मण्डलबाट पुर्व दक्षिण नेपाल, भारत, वंगलादेश, बर्मा, थाइल्यान्ड, मलेसिया हुँदै इन्डोनेशियाको बालीसम्म बिस्तार गरेको देखिन्छ ।
बालिका मुर्ती मात्र हैन पगोडा शैलीका संरचना पनि नेवा: शैलीमै बनेको भेटिएको छ । नेपाली बौद्ध भिक्षु डा. सुगन्ध महास्थविर इन्डोनेशियाको राष्ट्रिय संग्रहालमा अवलोकन भ्रमणमा जाँदा नेवार शैलीको बुद्ध र बौद्ध धर्मसँग सम्बन्धित अन्य मूर्तिहरुमा रञ्जना र प्रचलित नेपाल लिपि कुँदिएको पाइएको हो ।
उहाँले मूर्तिहरुमा र शिलापत्रमा सो लिपिहरु कुँदिएको जानकारी दिनुभयो । धेरैजसो लिपि आफुले समेत पढेको उहाँको भनाई छ । नेपालको मौलिक लिपि उल्लेख भएको कारण नेपाली कलाकारहरुले इन्डोनेशिया आएर सो मूर्तिहरु बनाएको हुन सक्ने उहाँको भनाई छ ।
इन्डोनेशियाका विभिन्न स्थानबाट संकलन गरेर सो मूर्तिहरु संग्रहालयमा राखेको जनाएको छ । बौद्ध विद्धान डा.केशवमान शाक्यका अनुसार १२औं शताब्दीमा नेपाल मण्डलका कलाकार गुणभद्रले विश्व प्रसिद्ध बोरोबुडोर चैत्य बनाएको इतिहास रहेकोले सो मूर्तिहरु पनि नेपाली कलाकारहरुले नै बनाएको हुनसक्ने बताउनु भयो ।
मूर्तिहरुको बारे सरकारको ध्यानाकार्षण गर्दै उहाँले इन्डोनेशियामा रहेको नेवार शैलीको बौद्ध मूर्तिहरुको अध्ययनअनुसन्धान हुनु आवश्यक रहेको बताउनुभयो ।
नेपालको इतिहासमा नभएपनि छिमेकी राष्ट्रको इतिहासमा चीन, पाकिस्तान, भुटान, भारत र अफगानिस्तान लगाएतका देशहरुमा प्राचिनकालमा नेपाली कलाकारहरुले बौद्ध सम्पदा निर्माण गरेको उल्लेख छ ।
