बानेश्वरमा ट्याक्सी चालकहरुको विरोध
SamacharDesk | २०८० श्रावण २५, बिहिबार

नेपालमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् ।
आज नयाँ बानेश्वरमा उनीहरुले सडकका दुवै किनारमा ट्याक्सी तेस्र्याएर विरोध गरेका छन् ।
उनीहरुले ‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित ट्याक्सी चालकहरुले प्रदर्शन गरेका हुन् ।
मजदुर चालक स्वतन्त्र संघर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका हुन् ।
विरोध प्रदर्शनका क्रममा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी चालक समाजका महासचिव दिलीपकुमार श्रेष्ठ निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेकोप्रति आफूहरुको असन्तुष्टि रहेको बताउनुभयो ।
प्रदर्शनकारी यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गर्न माग गरेका छन् ।
Categorized in राष्ट्रिय