arin enterprises

केन बायर्न म्युखिनमा अनुबन्धित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २७, शनिबार

केन जर्मन क्लब बायर्न म्युखिनमा अनुबन्धित भएका छन् । धेरै प्रस्ताव अस्विकार भएपनि अन्तिममा बायर्नले १ सय ४ मिलियन पाउण्डमा केनलाई अनुबन्धन गर्न सफल भएको हो ।

उनलाई बायर्नले ९ नम्बरको जर्सी सहित ३० बर्षिय केनलाई सार्वजनीक गरेको छ । इङ्ल्याण्डका कप्तानले मेडिकल परिक्षण पार गरेपछि क्लबले औपचारिक रुपमा उनलाई सार्वजनीक गरेको हो ।

उनले जर्मन क्लबसँग चार वर्षको सम्झौता गरेका छन् । बायर्नबाट मासिक रुपमा उनले २ लाख १५ हजार पाउण्ड हप्ताको प्राप्त गर्नेछन् ।

केनले बायर्नमा अनुबन्धन हुन पाएकोमा आफू उत्साहित रहेको बताएको भिडियो क्लबले ट्वीटरमा पोस्ट गरेको छ ।

टोटेनहममा १९ वर्ष बिताएका केनले नयाँ चुनौतीका साथ जर्मन क्लब जाने निर्णय लिएका हुन् ।

शनिबार राति जर्मन सुपर कपमा आरबी आइपेजिगविरुद्ध केनलाई बायर्नको जर्सीमा हेर्न सकिन अपेक्षा गरिएको छ ।

Categorized in स्पाेर्ट्स