साविक विजेता पीएसजी बराबरीमा रोकीयो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २८, आइतबार

फ्रेन्चे लिग वानको साविक विजेता पेरिस सेन्ट जेर्मेन (पीएसजी) बराबरीमा रोकेको छ ।
पीएसजी शनिबार भएको खेलमा लोरेन्टसँग गोलरहित बराबरीमा रोकिएको हो ।
गत सिजनको च्याम्पियन बनेको पीएसजीले यस नयाँ सिजनको पहिलो खेलमा नै गोल गर्न असमर्थ रह्यो ।
पीएसजीको टोलीमा फरवार्ड केलियन एम्बाप्पे र नेमार परेका थिएनन् । यस्तै लियोनल मेस्सी पनि यसै सिजन पीएसजीबाट इन्टर मियामी गएका थिए ।
समर्थकहरुले क्लबमा यी तिन मुख्य खेलाडीहरु नभएको कारणले नै पीएसजीको निराशजनक सुरुवात भएको बताएका छन् ।
Categorized in स्पाेर्ट्स