arin enterprises

वर्षा र बाढीले कागबेनी प्रभावित

SamacharDesk | २०८० श्रावण २९, सोमबार

केही दिनदेखि परेको अविरल वर्षाका कारण आइतबार राती हिमालपारिको जिल्ला मुस्ताङको काग खोलामा आएको बाढीले ३१ वटा भौतिक संरचनामा क्षति पुगेको छ ।

क्षति भएको भवन तथा भौतिक संरचना, पशु चौपाया एवम् सवारी साधनको क्षति हेर्दा एक अर्ब हाराहारीको क्षति हुन सक्ने अनुमान गरिएको छ ।

लगातारको वर्षापछि वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–२ उपल्लो झोङमा पहिरो जाँदा काग खोलामा आएको बाढीले गाउँपालिका–४ कागबेनीमा वडा कार्यालय, प्रहरी चौकी, धर्मशाला, स्कुल तथा सर्वसाधारणको घरमा क्षति पुर्याएको हो ।

काग खोलामा आएको बाढीले बिजुलीको पोल बगाउँदा उक्त क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । कागबेनीमा बिजुलीको पोल ढल्दा उपल्लो मुस्ताङको लोमान्थाङ एवम् लो–घेकर दामोदर कुण्ड गाउँपालिका अन्धकार बनेको मुस्ताङमा विद्युत् वितरण गर्दै आएको छ ।

यता पूर्वी पहाडी भेगमा परेको अविरल वर्षाका कारण सप्तकोशीमा पानीको सतह निकै माथि आएपछि ब्यारेजका सवै ढोका एकै पटक खोलिएको हो ।

सप्तकोशीमा आएको बाढीका कारण कोशी ब्यारेजका सबै ५६ वटै ढोका पटक खोलिएका छन् । सप्तकोशीमा आज विहान पानीको वहाव प्रति सेकेण्ड ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेपछि सवै ढोका खोलिएको हो ।

अहिले पानीको वहाव ४ लाख ३० हजार क्युसेकमा झरेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राइले बताउनुभयो । सप्तकोशीमा पानीको यो वहाव तीन दशक यताको सवैभन्दा बढी भनिएको छ ।

बाढीले ब्यारेजमा क्षति पु¥याउने खतरा देखिएपछि सबै ढोका खोलिएको जनाइएको छ । कोशी ब्यारेजमाकिो पुलमा आवत जावत पनि बन्द गराइएको छ ।

भारतको नियन्त्रणमा रहेको ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।

Categorized in राष्ट्रिय