चेल्सी र लिभरपुलले अंक बाँडे
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २९, सोमबार

इंग्लीस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन् ।
गएराति भएको नयाँ सिजनको पहिलो खेलमा दुवै क्लबले १–१ गोलको बराबरी खेल्दै स्टमफोर्ड ब्रिजमा अंक बाँड्न बाध्य भए ।
खेलको १८ औं लुईस डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । एक्सेल डिसासीले ३६ औं मिनेटमा गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए ।
चेल्सीका प्रशिक्षक मौरिसियो पोचिटिनोले लागि पहिलो खेल खेलाएका थिए । जुन खेल बराबरीको नतिजाबाट सकिएको छ ।
घरेलु टोलीलाई निराश पार्ने क्रममा लिभरपुल गोलकिपर एलिसनले उत्कृष्ट प्रर्दशन गरे । उनले वेन चिलवेल र निकोलस ज्याकसनको उत्कृष्ट प्रहारलाई बचाउ गरे ।
यस्तै लिभरपुलका मोहमद सलाहाको गोल अफसाइड रहँदा दुवै क्लबले अंक तालिकामा समान १ अंक जोडेका छन् ।
यस्तै गएराति नै भएको प्रिमियर लिगको अर्को खेलमा टोटेनहम र ब्रेन्टफोर्डले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।
Categorized in स्पाेर्ट्स