रोनाल्डो नहुँदा अल नासर पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ३०, मंगलबार

साउदी प्रो लिगको पहिलो खेलमा अल नासरले हार बेहोरेको छ ।
सोमबार राती भएको खेलमा अल इतिफकले अल नासरलाई २–१ ले पराजित गरेको हो ।
केहि दिन अघि मात्र अरब कप विजेता अल नासर नियमित कप्तान क्रिस्टियानो रोनाल्डो अनुपस्थित हुँदा पराजित हुनुपर्यो ।
अल नासरलाई खेलको चौथो मिनेटमा नै साडियो मानेले अग्रता दिलाएका थिए ।
४७ औं मिनेटमा रोबिन क्वेजनले अल इतिफकका लागि बराबरी गोल फर्काए । ५३ औं मिनेटमा अल इतिफकका मौसा डेम्बेलेले गोल गर्दै खेल आफ्नो पोल्टामा पारे ।
Categorized in स्पाेर्ट्स