जग्गाको कित्ताकाट खुल्ला
SamacharDesk | २०८० श्रावण ३०, मंगलबार

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गाको कित्ताकाट पूर्णरुपमा खुल्ला गरेको छ ।
गत वैशाखमा मन्त्रिपरिषद्ले भूउपयोग नियमावली संशोधन गर्ने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको थिएन । मन्त्रिपरिषदले भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरी लगेको संशोधित नियमावली स्वीकृत गर्ने निर्णय गरेको बताइएको छ ।
हाल भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था रहेको छ । स्थानीय तहले वर्गीकरण गर्न नसक्दा करिब १६० पालिकामा मात्रै कित्ताकाट हुँदै आएको छ ।
सरकारले जग्गाको कित्ताकाट नखुल्दा आर्थिक चलायमान हुन नसकेको भन्दै वैशाखदेखि नै खुलाउने प्रयास गरेको थियो ।
Categorized in राष्ट्रिय