arin enterprises

आराध्या अब गायिका पनि

SamacharDesk – बिराज | २०८० श्रावण ३०, मंगलबार

नेपाली कला क्षेत्रमा कोरीयोग्राफर,मोडल, म्यूजिक भिडियो निर्देशक, अभिनेत्रीको रुपमा सक्रिय कलाकार हुन् आराध्या लक्ष्मी खड्गी । अचेल आफ्नो कर्म क्षेत्रमा निकै व्यस्त छिन् आराध्या ।

उनी विशेष गरी नेवाः कला क्षेत्रमा निकै चर्चित छन् । उनै कलाकर्मी आराध्या अहिले गायिका पनि बनेकी छन् ।

उनीबाट स्वरबद्ध नेपालभाषाको गीत ‘मतिनाया देशय्’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आराध्याको गीत ‘मतिनाया देशय्’को म्यूजिक भिडियो गत विहिबार कीर्तिपुरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरियो ।

मोडलकै पहिचान बनाएकि आराध्याको म्यूजिक भिडियोमा अरु मोडल देखिने त कुरै भएन । फेरी आराध्याको गीतमा अरु मोडल दर्शकले रुचाउने सम्भावना पनि त त छैन ।

म्यूजिक भिडियोमा मोडलको रुपमा आराध्यालाई विजयमान सिंहले साथ दिएका छन् । अमेरिकामा बस्दै आएका सिंह अमेरीकामा सांस्कृतिक सेवा तथा समाजसेवामा पनि सक्रिय छन् भने नेवाः गुथि न्यूयोर्कका अध्यक्ष समेत हुन् ।

म्यूजिक भिडियोको छायाङ्कन र दृश्य सम्पादन सोहन मानन्धरले गरेका छन् । यसै गीतका रचनाकार राजेशमान सिंहले म्यूजिक भिडियोको निर्देशन पनि गरेका छन् ।

गीतमा संगीत वीरेनकुमार शाक्यको रहेको छ ।

सोही कार्यक्रममै विजयमान सिंहको स्वर रहेको ‘भन तिमिलाई’ गीतको भिडियो पनि प्रिमियर गरिएको थियो । मतिना इन्टरटेंटमेंटले निर्माण गरेको यो भिडियोका निर्देेशक दिपक श्रेष्ठ हुन् भने गीतकार तथा सगीतकार पनि विजयमान सिंह स्वयम् हुन् ।

यो गीतको भिडियोमा विजयमान सिंको साथमा अभिनेत्री नन्दिता केसीेले अभिनय गरेकी छन् ।

कार्यक्रममा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले गीत प्रिमियर गरेका थिए ।

कार्यक्रममा सुर्जलक्ष्मी खडगी, वरिष्ठ गायक जुजुकाजि रन्जित, वरिष्ठ अभिनेत्री नारायणदेवी प्रधान, चलचित्र निर्देशक साथै कला विज्ञ प्रकाश सायमि, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरले आआफ्ना विचार राखेका थिए ।

Categorized in पेजथ्री