मेस्सीको कप्तानीमा मियामी पहिलो पटक फाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ३१, बुधबार

अमेरिकी क्लब इन्टर मियामी पहिलो पटक लिग कपको फाइनलमा प्रवेश गरेको छ ।
लियोनेल मेस्सीको कप्तानीमा रहेको मियामीले बुधबार भएको सेमिफाइनल खेलमा फिलफोडियालाई ४–१ गोलले पराजित गरेको हो ।
मियामीलाई फाइनलमा पुर्याउन जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान १/१ गोल गरे ।
योसँगै मेस्सीले मियामीका लागि लगातार ६ खेलमा ९ गोल गरेका छन् ।
मियामी क्लब इतिहासमै पहिलोपटक कुनै पनि उपाधि नजिक पुगेको हो । यसअघि मियामीले कुनै पनि प्रतियोगिताको फाइनल खेलेको थिएन ।
अब मायमीले फाइनलमा नाशभिल र मोन्टरेबीच खेलको विजेतासँग खेल्नेछ । फाइनल यसै शनिबार हुनेछ ।
Categorized in स्पाेर्ट्स