arin enterprises

म्यानसिटी युइएफए सुपर कप च्याम्पियन

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ३२, बिहिबार

इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए सुपर कप च्याम्पियन बनेको छ ।

बुधबार राति स्पेनिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो ।

ग्रीसको एथेन्समा भएको खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो । निर्धारित समयको खेल बराबरीमा टुंगिए पछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

टाइब्रेकरमा सिटीका एर्लिङ  हालान्ड, जुलियन अल्भारेज, माटियो कोभासिस, ज्याक ग्रेलिस र केल वाल्करले गोल गर्न सफल भए ।

यता सेभियाका नेमान्जा गुडेल्जले अन्तिम प्रहारमा गोल गर्न सकेनन् । लुकास ओकम्पास, राफा मिर, इभान राकिटिच र गोन्जालो मोन्टेलले गोल गर्न सफल भए ।

त्यसअघि युसुफ एन न्यास्रीको गोलबाट सेभियाले खेलको २५औं मिनेटमा अग्रता लिन सफल भएको थियो । एक गोलले पछि परेको सिटीको लागि कोल पाकरले ६३औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो ।

युइएफए सुपर कप युइएफए च्याम्पियन्स लिग विजेता र युइएफए युरोपा लिग च्याम्पियनबीच हरेक वर्ष हुने गर्दछ । सिटी च्याम्पियन्स लिगको तथा सेभिया युरोपा लिगको च्याम्पियन हो ।

Categorized in स्पाेर्ट्स