बायर्नको विजयी सुरुवात
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २, शनिबार

जर्मन बुण्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमा बायर्न म्युनिखले विजयी भएको छ ।
शुक्रबार राती भएको खेलमा बायर्न म्युनिखले वेर्डर ब्रेमेनलाई ४–० ले हराएको हो ।
साविक लिग विजेता बार्यनलाई खेल सुरु भएको चौथौं मिनेटमा लेरोय सेनले गोल गर्दै अघि बढाए ।
७४औं मिनेटमा ह्यारी केनले गोल गर्दै दोब्बर अग्रताले अघि राखे ।केनले बार्यनका लागी डेब्यु खेलमै गोल गरेको हो ।
खेलको अन्तिम मिनेटमा म्याथिस टेलले गोल गर्दा दोस्रो हाफको अतिरिक्त समयमा सेनले व्यक्तिगत दोस्रो र टोलीको लागि चौथौं गरेपछि ४–० ले बार्यन विजय भयो ।
यो जितसँगै साबिक विजेता बार्यनले पहिलो खेलमा नै ३ अंक जोडेको छ ।
Categorized in स्पाेर्ट्स