arin enterprises

मेस्सी बने सर्वाधिक उपाधी जित्ने खेलाडी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र ३, आइतबार

अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सी सर्वाधिक उपाधी जित्ने खेलाडी बनेका छन् ।

आइतबार आफ्नो कप्तानीमा अमेरिकी क्लब इन्टर मियामीलाई लिग्स कपको उपाधी जिताएसँगै मेस्सीले सर्वाधिक उपाधी जित्ने खेलाडीको नयाँ कीर्तिमान कायम गरेका हुन् ।

योसँगै ३६ बर्षीय मेस्सीले आफ्नो करियरमा ४४ वटा उपाधी उचालेका छन् ।

उनले ब्राजिलियन खेलाडि डानि आलभेस पछि पार्दै यो कीर्तिमान बनाएका हुन् । आल्भेसले ४३ वटा उपाधी जितेका छन् ।

मेस्सीले बार्सिलोनाबाट ३५, पिएसजीबाट ३ , अर्जेन्टिनाबाट ५ र मियामीका लागी एउटा उपाधी जितेका छन् ।

Categorized in स्पाेर्ट्स