महिला विश्वकप २०२३ मा कसले के–के जिते ?
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र ४, सोमबार

महिला विश्वकप २०२३ प्रतियोगिताको उपाधि स्पेनले जितेको छ । आइतबार सम्पन्न भएको प्रतियोगितामा विभिन्न पुरस्कार वितरण भएको थियो ।
च्याम्पियन भएको स्पेनेकी मिडफिल्डर एइटाना बोनमतीले फिफा महिला विश्वकप २०२३ को गोल्डेन बल हात पारेकी छिन् । उनले स्पेनलाई पहिलोपल्ट विश्व च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएकी थिइन् ।
जापानी मिडफिल्डर हिनाता मियाजावाले गोल्डेन बुट हात पारीन् । २३ वर्षीय मियाजावाले अष्ट्रेलिया र न्युजिल्यान्डमा भएको विश्वकपमा पाँच खेलबाट ५ गोलसँगै एक असिस्ट प्रदान गरेकी थिइन् ।
यता इंग्ल्यान्डकी गोलरक्षक मारी अर्पस्ले गोल्डेन ग्लभस् हात पारिन् । उनले फाइनलमा एक पेनाल्टी विफल पारेकी थिइन् । मारीले टोलीलाई च्याम्पियन बनाउन नसकेपनि प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी थिईन् ।
स्पेनकी विंगर साल्मा पारालुइलो फिफा युवा खेलाडी बनेकी छिन् । १९ वर्षीय साल्माले विश्वकपमा सानदार प्रदर्शन गर्दै विश्वकै ध्यान खिच्न सफल भएकी थिइन् ।
यस्तै जापानले फेयर प्ले अवार्ड प्राप्त गरेको छ ।
Categorized in स्पाेर्ट्स