arin enterprises

चेल्सी वेस्ट ह्यामसँग पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र ४, सोमबार

प्रिमियर लिगमा चेल्सी वेस्ट ह्यामसँग पराजित भएको छ । आईतबार राति भएको लण्डन डर्बीमा वेस्ट ह्यामले चेल्सीलाई ३–१ ले हराएको हो ।

डिफेन्डर नायेफ अगुइर्डले ७ औं मिनेटमा गोल गर्दै वेस्ट ह्यामलाई सुरुआती अग्रता दिलाए । कानी चुक्कुएमेकाले ३० औं चेल्सीका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

४३ औं मिनेटमा इनचो फर्नान्डेज पेनाल्टीमा चुकेपछि चेल्सीले अग्रता लिने अवसर गुमायो । उनको प्रहारलाई गोलकिपर अल्फोस अरेओलाले बचाएका थिए ।

माइकल एन्टोनियोले ५३ औं मिनेटमा गरेको गोलवाट वेस्ट ह्यामले २–१ को अग्रता लिए । खेलको अन्तिम ३० मिनेट १० खेलाडीमा सिमित बनेपनि वेस्ट ह्याममाथि चेल्सीले जित निकाल्न सकेन ।

अन्तिम समयमा कप्तान लुकास पाक्केटाले पेनाल्टीमा गोल गर्दै वेस्ट ह्यामलाई ३–१ को शानदार जित दिलाए । चेल्सीबाट डेब्यु गरेका मोइसिस काइसेडोको फलमा वेस्ट ह्यामले अन्तिम समयमा पेनाल्टीको अवसर पाएको थियो ।

काइसेडो कीर्तिमानी महङ्गा खेलाडीको रुपमा चेल्सीमा आवद्ध भएका थिए ।

यसअघि लिगको पहिलो खेलमा चेल्सीले लिभरपुलसँग बराबरी खेलेको थियो ।

Categorized in स्पाेर्ट्स