आर्सनलको संघर्षपूर्ण जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र ५, मंगलबार

इंग्लिस प्रिमियर लिगमा आर्सनलले संघर्षपूर्ण जित हासिल गरेको छ ।
सोमबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेस लाई १–० ले पराजित गरेको हो ।
आर्सनलको लागि कप्तान मार्टिन ओडेगार्डले निर्णायक गोल गरेका थिए । उनले खेलको ५४ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरे ।
आर्सनलले लगातार दोस्रो जित सहित छ अंक जोडेको छ ।
यस्तै दुई खेलमा एक जित र एक हार सहित क्रिस्टल प्यालेसले तीन अंक बटुलेको छ ।
Categorized in स्पाेर्ट्स