arin enterprises

डोलेश्वर मन्दिरमा आज शिला छोएर पूजा गर्न पाइने

SamacharDesk | २०८० भाद्र ६, बुधबार

भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला भएको छ । साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने भएको छ ।

भदौ ६ का दिन आज भारतस्थित केदारनाथ मन्दिरको शिरको भाग डोलेश्वरलाई घोषणा गरेको दिन भएकोले आजको दिन मन्दिरको चारै ढोका खुला गरी भक्तजनहरुले शिला छोएर पूजाआजा गर्न सकिने भएको हो ।

डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गर्दै आएको छ ।

यसैबीच डोलेश्वर महादेव मन्दिरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला आज समापन हुँदैछ ।

समितिले भगवान् शिवको विशेष महिनाका रूपमा रहेको साउन महिनाको १ गते स्थानीय चन्द्रविनायक मन्दिरबाट डोलेश्वर महादेवसम्म कलशयात्रा गरी श्रावणी मेला सुरु गर्ने गरिनछ ।

आजकै दिन डोलेश्वरको विशेष पूजाअर्चना गरी मेलाको समापन गरिँदै आएको महासचिव बस्नेतले बताउनुभयो ।

Categorized in राष्ट्रिय