arin enterprises

विंगर जेरेमी डोकु म्यानसिटीमा अनुबन्धित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र ८, शुक्रबार

बेल्जियमका विंगर जेरेमी डोकु इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित भएका छन् । सिटिले २१ बर्षीत  डोकुलाई फ्रेञ्च क्लब रेनेसबाट ५५.४ मिलियन पाउण्डमा भित्र्याएको हो ।

डोकुले गत सिजनको ट्रेबल विजेता सिटीसँग पाँच वर्षको सम्झौता गरेका छन् । मिडफिल्डर माटेओ कोभासिक र डिफेन्डर जोस्को ग्वार्डियोलपछि डोकु यो सिजन सिटीमा आबद्ध भएका तेस्रो खेलाडी हुन् ।

डोकुले विश्वको उत्कृष्ट टिमसँग आबद्ध हुन पाउँदा खुसी व्यक्त गरेका छन् ।

बेल्जियमका लागि १६ खेल खेलेका उनले फ्रेञ्च क्लबमा तीन सिजनमा ७५ लिग खेल्दै १० गोल गरेका थिए ।

वेस्ट ह्याम, टोटनह्याम र चेल्सीले पनि डोकुलाई अनुबन्ध गर्न चासो देखाएका थिए।

उनले सन् २०२० अक्टोबर  मा एन्डरलेचबाट २६ मिलियन युरोमा रेनेसले पाँच वर्षको सम्झौता गरेको थियो ।

Categorized in स्पाेर्ट्स