रोनाल्डोको ह्याट्रिकमा अल नासेरको शानदार जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र ९, शनिबार

साउदी प्रो लिगमा अल नासेरले शानदार जित निकालेको छ ।शुक्रबार राति भएको खेलमा अल नासेरले अल फतेहीमाथि ५–० को शानदार जित निकालेको हो ।
प्रिन्स अब्दुल्लाह बिन जलवी स्टेडियममा भएको खेलमा अल नासेरका कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे ।
उनले खेलको ३८औं, ५५औं र खेलको इन्जुरी समयमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरेका थिए ।
यस्तै साडियो मानेले दुई गोल थपे । खेलको २८ औं मिनेटमा साडियो मानेले गोल गर्दै अल नासिरलाई अग्रता दिलाएका थिए । उनले ८१ औं मिनेटमा दोस्रो गोल गरे ।
अल नासिर तीन खेलमा ३ अंक सहित लिगको १० औं स्थानमा छ ।
Categorized in स्पाेर्ट्स