नेवाः समुदायको हक हितका लागि एकजुट होऊँ : अध्यक्ष श्रेष्ठ
SamacharDesk | २०८० भाद्र १०, आइतबार

वल्र्ड नेवा अर्गनाइजेशनका अध्यक्ष संयुक्त श्रेष्ठको सम्मान गरिएको छ ।
नेवा: अर्गनाइजेशन नेपाल च्याप्टरले हिजो काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर श्रेष्ठको सफल कार्यकालको कामना गर्दै सम्मान गरेको हो ।
श्रेष्ठलाई पूर्व मेयर विद्यासुन्दर शाक्य तथा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले दोसल्ला ओढाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपालमा रहेका नेवाः काम वा अध्ययनको सिलसिलामा विश्वका विभिन्न स्थानमा रहेका नेवाः समुदायको हक हितका लागि एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाँले नेवाः समुदायको हित र उनीहरुको सीप क्षमता विकासलगायतका विषयमा सहयोग गर्नुपर्ने बताउनुभयो । अर्गनाइजेशनले नेपालका नेवाः सुमदायको हक हितका लागि आगामी कात्र्तिकमा सम्मेलन गर्ने तयारी गरेको जनाएको छ ।
सो अवसरमा नेपाल च्याप्टर अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठको अध्यक्षमा गठित कार्यदलको विभिन्न पदमा मनोनित भएका सदस्यहरुलाई प्रमुख अतिथि मन्त्री महर्जनबाट प्रमाणपत्र वितरण गरिएको थियो ।
यसैगरी च्याप्टरको मुख्य संरक्षकका रुपमा समाजसेवी पञ्चवीर सिंह तुलाधर, सुवर्णकेशरी चित्रकारलाई पनि मनोनित गरिएको छ ।
त्यस्तै सल्लाहकारमा नरेन्द्रभक्त हाडा, पुरष्करभक्त माथेमा, अम्बिका श्रेष्ठ, रघुवरभक्त मानन्धर, विजय प्रकाश सैंजु, ई. नहेन्द्र प्रधान, सुरबहाुर श्रेष्ठ, हरि स्यःस्यः र उमेश स्थापितलाई पनि मनोनित गरिएको छ ।
Categorized in समाज