arin enterprises

आर्सनल बराबरीमा रोकिएयो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र १०, आइतबार

प्रिमियर लिगमा बलियो प्रत्यासी मानिएको आर्सनल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा आर्सनल फुलहमसँग २–२ गोलको रोमाञ्चक बराबरी रोकिएको हो ।

एमिरेट्समा भएको खेलको पहिलो मिनेटमै एड्रियस परेराको गोलमा फुलहमले खेलमा अग्रता लिन सफल भएको थियो ।

बुकायो साकाले ७० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै आर्सनललाई खेलमा फर्काएका थिए ।

त्यसको दुई मिनेटमा निकेतिहाले गोल गर्दै घरेलु टोलीलाई खेलमा २–१ को अग्रता दिलाउन सफल भएका थिए ।

खेल सकिन तीन मिनेट अघि जोआओ पालिन्हाले गोल गर्दै घरेलु टोलीलाई अंक बढन् लगाए ।

चार मिनेट अघि काल्विन बस्सी रातो कार्ड खादै मैदान बाहिरिएपछि फुलहम १० खेलाडीमा सिमित बनेको थियो ।

प्रिमियर लिगको सुरुआती दुई खेलमा जित निकालेको आर्सनल तेस्रो खेलमा बराबरीमा रोकिएको छ ।

उसले ३ खेलबाट ७ अंक जोडेको छ । फुलहमले समान खेलबाट ४ अंक जोडेको छ ।

अन्य खेलमा वेस्ट ह्यामले ब्राइटनलाई ३–१ ले स्तब्ध बनाउँदा उल्भ्सले एभर्टनलाई १–० ले हरायो ।

अर्को खेलमा ब्रेन्टफर्ड र क्रिस्टल प्यालेसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

Categorized in स्पाेर्ट्स