arin enterprises

एम्बाप्पेको शानदार प्रदर्शनमा पीएसजीको पहिलो जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र १०, आइतबार

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो जित निकालेको छ ।

शनिबार केलियन एमबाप्पेले दुई गोल गरेको खेलमा पीएसजीले लेन्सलाई ३–१ गोल अन्तरले हराएको हो ।

पेरिसको पार्क डे प्रिन्सेसमा भएको खेलको पहिलो हाफको अन्तिम मिनेटमा मार्केस एसेन्सियोको गोलवाट पीएसजीले अग्रता लियो ।

त्यसपछि एमबाप्पेले ५२ औं र ९० औं मिनेटमा लगातार दुई गोल गर्दै पीएसजीलाई ३–० को अवस्थामा ल्याए ।

खेल सकिन अन्तिम समयमा मार्गान गुइलावोगुईले लेन्सका लागि सानत्वना गोल गरे ।

क्लबसँग उत्पन्न चर्को मतभेदका कारण एमबाप्पे यसअघि टिम बाहिर रहेका थिए र उनले लिगको पहिलो खेलमा मैदान उत्रन पाएका थिएनन् । 

Categorized in स्पाेर्ट्स