arin enterprises

पहिरोले जीप पुरिंदा तीन जनाको मृत्यु

SamacharDesk | २०८० भाद्र १३, बुधबार

तानसेन–तम्घास सडक खण्ड अन्तर्गतको पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घटनामा परी गुल्मी प्रहरीमा कार्यरत प्रहरी हवलदार तानसेन–११, का यमबहादुर बोहरा, गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–७ की ५० वर्षीया मनकला सुधारा र कास्की जिल्ला पोखरा महानगरपालिका–११ का विनोद तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जिप आज बिहान ढुंगासहितको पहिरोले पुरिएर हो ।

दुर्घटनामा परी आठ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

स्थानीय र प्रहरीसहितको टोली उद्धारमा लागेको छ । उक्त जिपमा केही बालबालिकासमेत रहेको प्रहरी जनाएको छ ।

Categorized in राष्ट्रिय