arin enterprises

लोनमा रोमा पुगे लुकाकु

SamacharDesk – बिराज | २०८० भाद्र १५, शुक्रबार

रोमेलु लुकाकु लोनमा इटालियन क्लब रोमा पुगेका छन् । गत सिजन इन्टर मिलानमा विताएको लुकाकु थप एक सिजन सिरि ए क्लबमै रहने पक्का भएको हो ।

सन् २०१९ मा ७४ मिलियन पाउण्डमा स्थायी रुपमा इन्टर मिलान जोडिएका लुकाकु सन् २०२१ मा झण्डै ९८ मिलियन पाउण्डमा चेल्सी फर्किएका थिए ।

उनको चेल्सीसँग अझै तीन वर्षको सम्झौता बाँकी छ । तर उनी चेल्सीको टिममा समावेश छैनन् ।

चेल्सीमा खराब पुनरागमनको समय बिताएका उनी सन् २०२२ को मे देखि टिममा देखिएका छैनन् ।

नयाँ प्रशिक्षक मौरिसियो पोचिटिनोले समेत नयाँ सिजनमा उनलाई आफ्नो योजनामा राखेका छैनन् ।

उनले तलबमा सम्झौता गर्दै जोसे मौरिन्होसँग रोमामा जोडिन राजी भएका हुन् । मौरिन्होले नै लुकाकुलाई चेल्सीमा सन् २०१३–१४ को सिजन नेतृत्व गरेका थिए ।

उनलै लुकाकुलाई सन् २०१७ मा ७५ मिलियन पाउण्डमा एभर्टनबाट म्यानचेस्टर युनाईटेडमा स्थानान्तरण गराएका थिए ।

पछिल्लो समय उनी साउदी क्लब जाने सुचिमा समेत रहेका थिए ।

Categorized in स्पाेर्ट्स