arin enterprises

हालाण्डले जिते पीएफए मेन्स प्लेयर अफ दी इयर अवार्ड

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र १५, शुक्रबार

ईर्लिङ हालाण्डले पीएफए मेन्स प्लेयर अफ दी इयर अवार्ड प्राप्त गरेका छन् । प्रोफेसनल फुटबलर्स एसोसियसनले प्रदान गर्ने वर्ष पुरुष खेलाडीको अवार्ड म्यानचेस्टर सिटीका फरवार्ड हालाण्डले प्राप्त गरेका हुन् ।

 नर्वेका फरवार्ड हालाण्डले सबै प्रतियोगितामा गरि सिटीका लागि डेब्यु सिजनमा ५२ गोल गरेका छन् । हालाण्डले सिटीकै सहकर्मी केभिन डी ब्रुइन र जोन स्टोन्स, आर्सनलका साका र मार्टिन वडेगार्ड र बायर्न म्युनिखको ह्यारी केनलाई पछि पार्दै सो अवार्ड हात पारेका हुन् ।

‘यो प्रतिष्ठित पुरस्कार जित्न पाउनु सम्मानको कुरा हो । आफ्नै प्रतिस्पर्धीबाट चुनिनु निकै राम्रो महशुश भएको छ । र सबैलाई मतका लागि धन्यबाद दिन चाहन्छु ।’ उनले भनेका छन् ।

हालाण्ड प्रेरित सिटीले गत सिजन प्रिमियर लिग, एफ ए कप र च्याम्पियन्स लिग सहित ट्रेबल उपाधि एकै सिजनमा हात पारेको थियो ।

सन् २०२२ मा हालाण्ड ५१ मिलियन पाउण्डमा बोरुसिया डर्टमण्डबाट म्यानचेस्टर सिटीमा अनुबन्धित भएका थिए । हालाण्ड वर्ष युवा खेलाडीमा समेत मनोनित भएका थिए ।

सो विधाको अवार्ड गत सिजन १४ गोल गरेर ११ गोलको अवसर सिर्जना गरेका आर्सनलका साकाले प्राप्त गरे ।

Categorized in स्पाेर्ट्स