arin enterprises

पोर्चुगल लगातार पाँचौ खेलमा विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २३, शनिबार

युरोकप २०२४ छनोटमा पोर्चुगलले लगातार पाँचौ खेलमा विजय हासिल गरेको छ ।

समूह जे अन्तर्गत शुक्रबार सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई पराजित गरेको हो ।

पाँचौ खेलमा अपराजित यात्रा कायम राख्ने क्रममा पोर्चुगलले स्लोभाकिया १–० गोल अन्तरले पराजित गयो ।

स्लोभाकियाको घरेलु मैदानमा पोर्चुगलका लागि निर्णायक गोल ब्रुनो फर्नान्डीजले गरे । उनले खेलको ४३ औं मिनेटमा गरेका थिए ।

पोर्चुगल ५ खेलमा शतप्रतिशत जितका साथ समूह जे को शीर्षस्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स