स्पेनको फराकिलो जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २३, शनिबार

युरोकप २०२४ छनोटमा स्पेनले जर्जियामाथि फराकिलो जित हासिल गरेको छ ।
समूह ए अन्तर्गत शुक्रबार राती भएको खेलमा स्पेनले जर्जियालाई ७–१ गोल हासिल गरेको हो ।
जर्जियाको घरेलु मैदानमा स्पेनका लागि अल्भारो मोराटाले ह्याट्रिक गरेका थिए । त्यस्तै स्पेनका लागि ड्यानी ओल्मो, निको विलियम्स र लामिने यामलले समान १/१ गोल गर्दा एक गोल स्पेनले उपहार स्वरुप पाएको थियो ।
उता, जर्जियाका लागि चाकभेटाड्जले सानत्वना गोल गरे हुन् ।
स्पेनले ३ खेलमा २ जितका साथ समूह ’ए’ को दोस्रो स्थानमा रहेको छ ।
यस्तै यस समूहमा स्कटल्यान्ड अपराजित रहेको छ ।
Categorized in स्पाेर्ट्स