ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका धरौटीमा रिहा
SamacharDesk | २०८० भाद्र २५, सोमबार

काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
हिजो जिल्ला अदालतले आदेश दिएलगत्तै १८ मध्ये १६ जनाले धरौटी बुझाउर रिहा भएका हुन् । रिहा हुनेहरुमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १६ जना रहेका छन् ।
अरुणकुमार श्रेष्ठ भने धरौटी रकम बुझाउन नसकेका कारण जेल चलान भएका छन् । अदालतले श्रेष्ठसंग ७ लाख ५० हजार रुपैयाँ धरौटी मागेको थियो । धरौटी बुझाएपछि मात्रै उनी छुट्ने छन् ।
जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको ईजलाशले भाटभटेनीका सञ्चालक गुरुङसँग सबैभन्दा बढी २ करोड ४६ लाख रुपैयाँ धरौटी मागेको थियो । अरुसँग एक लाख १० हजार रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म धरौटी मागिएको थियो ।
अदालतले केशव तुलाधरलाई भने साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।
Categorized in राष्ट्रिय