जर्मनीका प्रशिक्षक फ्लिक बर्खास्त
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २५, सोमबार

जर्मनी फुटबलका प्रशिक्षक हान्सी फ्लिक बर्खास्त भएका छन् । शनिबार मैत्रीपूर्ण खेलमा जर्मनीले जापानसँग ४–१ को हार ब्यहोरे पछि जर्मन फुटबल एसोसियसनले फ्लिकलाई बर्खास्त गरिएको जनाएको हो ।
उनी सहित सहायक मार्कस सोर्ग र डेनी रोहललाई समेत बर्खास्त गरिएको छ । अर्को वर्ष युरोपियन च्याम्पियनसिप आयोजना गर्ने तयारी गरेको जर्मनीले लगातारको खराब नतिजाको थियो ।
सन् २०२१ मा गोचिम लोको स्थानमा आएको फ्लिकले पछिल्ला २५ मध्य १२ खेलमा मात्र जित निकालेका छन् ।
शनिबार जर्मनीले पछिल्लो ५ खेलमा चौथो पराजय भोगेको थियो । सन् २००६ देखि २०१४ सम्म फ्लिक लोको सहायक प्रशिक्षकको रुपमा काम गरेका थिए ।
उनले सुरुआतमा लगातार ८ खेलमा जित निकाल्दै मुख्य प्रशिक्षकको पदलाई अघि बढाएका थिए ।
तर पछिल्लो समय जर्मनीको फर्म खस्कदै जाँदा विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो । पछिल्लो १२ महिनामा जर्मनीले ओमान, कोस्टा रिका र पेरुलाई मात्र हराउन सकेको छ ।
Categorized in स्पाेर्ट्स