विश्वकपको लागि न्युजिल्यान्डको टिम घोषणा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २५, सोमबार

भारतमा हुने क्रिकेट विश्वकपको लागि न्युजिल्यान्डले १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको छ ।
२०१९ को क्रिकेट विश्वकपको उपविजेता न्युजिल्यान्डले सोमबार केन विलियमसनको कप्तानीमा टिम घोषणा गरेको हो ।
आइपिएल २०२३ का दौरान घाइते भएका विलियमसन टिममा फर्केका हुन् । विलियम्सन र तीब्र गतिका बलर टिम साउथी दुवै चौथो विश्वकपमा सहभागी हुँदैछन् ।
मार्क च्यापम्यानले टिममा स्थान पक्का गर्दा २३ वर्षीय स्पिन–बलिङ अलराउन्डर रचिन रविन्द्र पनि टिममा छन् । रविन्द्रले जसले शुक्रबार इंग्ल्याण्डविरुद्ध ३ विकेट लिएका थिए ।
न्युजिल्यान्डले अक्टोबर ५ मा विश्वकपको उद्घाटन खेलमा २०१९ फाइनलमा भिडेको इंङल्याण्डसँग खेल्नेछ ।
न्युजिल्यान्ड टिमः
केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिच सान्टनर, इश सोधी, टिम साउथी, विल योङ ।
Categorized in स्पाेर्ट्सOur 15 for the @cricketworldcup in India! More | https://t.co/D2jqxQxWeE #BACKTHEBLACKCAPS pic.twitter.com/wIlzA5N3qU
— BLACKCAPS (@BLACKCAPS) September 10, 2023
