लक्जमबर्गविरुद्ध पोर्चुगलको गोल बर्षा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २६, मंगलबार

युरोकप २०२४को छनोटमा पोर्चुगलले गोलको बर्षा गरेको छ । गएराति भएको खेलमा पोर्चुगलले लक्जमबर्गविरुद्ध ९–० को गोल अन्तरको जित निकालेको हो ।
पोर्चुगलको घरेलु मैदान इस्ताडियो अलगार्भेमा भएको खेलको पहिलो हाफमै ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा ५ गोल थपेको थियो ।
पोर्चुगललाई जिताउने क्रममा गोन्कालो रामोस, डिफेन्डर गोन्कालो इनासियो र डिएगो जोटाले समान २/२ गोल गर्दा जोआओ फेलिक्स, डिएगो होर्टा र ब्रुनो फर्नान्डेजले समान १/१ गोल थपे ।
पोर्चुगल ६ खेलमा अपराजित रहँदै समूह ‘जे’को शीर्ष स्थानमा रहेको छ ।
यस खेलमा पोर्चुगल क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रेको थियो । रोनाल्डोले लगातार दुई खेलमा पहेलो कार्ड पाएपछि यो खेल गुमाएका हुन् ।
पराजित लक्जेमबर्ग ६ खेलमा १० अंक जोड्डै तेस्रो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स