उत्तर कोरियाली नेता किम रुस भ्रमणमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २६, मंगलबार

उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा गएका छन् । सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि किम रेल मार्फत रुस भ्रमणमा गएका हुन् ।
उत्तर कोरियाली सञ्चार माध्यमले किम भारी सुरक्षा व्यवस्थासहित रुस भ्रमणमा निस्किएको तस्वीर सार्वजनिक गरेको छ ।
किम चढेको रेलमा २० वटा बुलेटप्रुफ गाडी समेत रहेकाले प्रति घण्टा ५९ किलोमिटरको गतिमा रेल गईरहेको र रुस पुग्न रेललाई एक दिन पुरै लाग्ने बताएको छ ।
किम र पुटिनबीच मंगलबार मस्कोमा शिखर वार्ता हुने समाचारहरुमा उल्लेख भएको छ । नेता किमसँग उत्तर कोरियाका उच्च अधिकारीहरु समेत रुस गएका छन् ।
उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराउने विषयमा छलफल केन्द्रीत हुनसक्ने दाबी गरेको छ ।
Categorized in स्पाेर्ट्स