arin enterprises

भारतका एक कूटनीतिज्ञलाई क्यानडाद्वारा देश निकाला

SamacharDesk | २०८० आश्विन २, मंगलबार

क्यानडाले भारतका एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन त्रुडोले शिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाउँदै ती कुटनीतिज्ञलाई देश निकाला गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका हुन् ।

निज्जरको १८ जुनमा निज्जरको गोली हानी हत्या गरिएको थियो । भारतले उक्त आरोपलाई भने अस्वीकार गरेको छ ।

त्रुडोले भर्खरै भारतमा भएको जि–२० शिखर सम्मेलनमा  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यो मुद्दा उठाएका थिए ।

त्रुडोले सोमबार क्यानडाको संसद हाउस अफ कमन्समा सम्बोधन गर्ने क्रममा क्यानाडाली भूमिमा क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकारको कुनै पनि संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लंघन रहेको बताएका थिए ।

देश निकाला गरिएका भारतीय कूटनीतिज्ञ क्यानडामा भारतको इन्टेलिजेन्स प्रमुख रहेको बताइएको छ ।

यो प्रकरणले भारत र क्यानडाबीचको सम्बन्धमा थप तनाव बढेको बताइएको छ ।

Categorized in अन्तर्राष्ट्रिय