arin enterprises

रत्नपार्कदेखि सूर्यविनायकसम्म डेडिकेट लाइन संचालनमा

SamacharDesk | २०८० आश्विन २, मंगलबार

काठमाडौं उपत्यकामा बुधबारदेखि नेपालमा पहिलो पटक द्रुत बस लेन सेवा सुरु गरिने भएको छ ।

संविधान दिवसको अवसर पारी सार्वजनिक सवारीका लागि छुट्टै डेडिकेटेड लेन संचालनमा ल्याउन लागेको हो ।

हाललाई बिहान ९ बजेदेखि सूर्यविनायक–रत्नपार्क सडक खण्डमा यस्तो बस सेवाकोलागि सडक विभागले रातो रङ पोतेर लेन छुट्ट्याइसकेको छ भने लेन सञ्चालमा आएसँगै ट्राफिक जाम समेत कम हुने सरकारी विश्वास छ ।

यातायात ब्यवसायीहरुले भक्तपुरको सुर्यबिनायकदेखि रत्नपार्क सम्मको रुटमा डेडिकेटेड लेनमा २५ वटा बस सञ्चालन गर्ने तयारी गरेका छन् ।

यो बस निर्धारित ४५ मिनेटमा सूर्यविनायक पुग्नेछ । सार्वजनिक यातायातलाई ट्राफिक जामबाट मुक्त गर्न संसारभर यस्ता सवारी साधान चलाउने गरिन्छ ।

नेपालमा भने यो पहिलोपटक सुरु हुन थालेको हो । यहाँ रुटमा डेडिकेटेड लेनमा चल्ने बसलाइ १९ बस बिसौनी छुट्याइएको छ ।

यी बस पिक एन्ड ड्रप नियम अन्तर्गत सञ्चालन हुने बताइएको छ ।

Categorized in राष्ट्रिय