म्यानसिटिको सहज जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ३, बुधबार

च्याम्पियन्स लिगमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छन् । मंगलबार राति म्यानचेस्टर सिटीले रेड स्टार बेलग्रेडमाथि ३–१ को जित निकालेको हो ।
सुरुआतमा १–० ले पछि परेको नतिजा उल्ट्याउँदै सिटीले बेलग्रेडविरुद्ध तीन गोल गर्यो ।
सिटिको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ अन्तिम मिनेटमा ओसमान बुकारीको गोलमा पाहुना टोली बेलग्रेडले अग्रता बनाएको थियो ।
दोस्रो हाफमा सुरु भएलगत्तै जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए । ६० औं मिनेटमा अल्भारेजकै ब्यक्तिगत दोस्रो गोलमा सिटीलाई २–१ ले अघि बढाए ।
रोड्रीले खेलको ७३ औं मिनेटमा गोल गर्दै सिटीलाई ३–१ को शानदार जित दिलाए ।
समूह जीको खेलमा सिटीले महत्वपुर्ण तीन अंक जोडेको छ ।
Categorized in स्पाेर्ट्स