arin enterprises

सडक विस्तार सम्बन्धी फैसलामा पूर्ण पाठ जारी

SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ १४, बिहिबार

काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा भइरहेको सडक विस्तारबाट पीडितहरुले बिना मुवाब्जा, क्षतिपुर्ति आफुहरुलाई बिष्ठापित गर्न लागेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको पूर्ण पाठ मंगलबार सर्वोच्च अदालतले जारि गरेको छ ।

सर्वोच्च अदालतबाट जारी पूर्ण पाठले अब सरकारले विना मुआब्जा, क्षतिपुर्ति वा वैकल्पिक व्यवस्था बिना सडक विस्तारको काम गर्न नपाउने भनिएको छ । सडक विस्तारको काम कानूनसम्मत ढंगबाट गर्नुपर्ने अदालतमा पूर्ण पाठमा भनिएको छ । 

सर्वोच्च अदालतका न्यायाधीशहरु केदार प्रसाद चालिसे, हरि कृष्ण कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यस्तो आदेश जारी गरेका हुन् ।

पूर्ण पाठमा आम नागरिको मौलिकहक अपहरित भएको, प्रकृति र वातावरण प्रतिकूल असर पर्ने गरेको, ऐतिहासिक पुरातात्विक सम्पदामाथि प्रतिकूल हुनेगरी जथाभाबी भत्काइनु जस्तो विषय विचाराधीन रहेको कारण मुख्य मुद्दामा ध्यानाकर्षण भएको कारणले यसै विषयलाइ सम्बोधन गर्नुपर्ने बताइएको छ ।

त्यसैगरी सडक विस्तारमा अप्रिय घटना हुनसक्ने भनेर सुरक्षा प्रवन्ध गरीएको भन्दै शक्ति प्रयोग गरेर संरचना भत्काउने गरीएको पाइएको पनि पूर्णपाठमा उल्लिखित छ । यसप्रकारले जग्गा प्राप्ति नै नगरी बल प्रयोग गर्नु व्यक्तिगत सम्पत्तिमाथिको हस्तक्षेप र यस्तो कार्य राज्यको सिद्धान्त र मान्यता विपरीत हुने पनि उल्लेख गरीएको छ ।

सर्वोच्चबाट जारी सडक विस्तार सम्बन्धि फैसलाको पूर्ण पाठबाट सडक विस्तारबाट पिडित समूहले स्वागत गरेका छन् । अदालतबाट आफुहरुले न्याय पाएको पिडितहरुको भनाई छ । 

तर पनि उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमिले संघर्षका शीर्षक मात्र फेरिनसक्ने भन्दै आफुहरु अझै पूर्ण बिस्वस्त हुन नसक्ने बताए ।

यसैगरी सेभ नेपाः भ्यालीका अभियन्ता सुरज महर्जनले सडक विस्तारका क्रममा सुरक्षाका नाममा आतङ्क फैलाउने भ्रष्ट कर्मचारी, सुरक्षा निकायका अधिकारी लगायत तत्कालीन मन्त्रीहरुलाई समेत कारवाहीको प्रकृया थाल्नुपर्ने बताए ।

Categorized in राष्ट्रिय