दशैंमा प्रहरीको निःशुल्क बस सेवा संचालनमा
SamacharDesk | २०८० कार्तिक ७, मंगलबार
हरेक दशैं झैं यस वर्षको दशैंमा पनि नेपाल प्रहरी र शसस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
टीकाको दिन सार्वजनिक सवारी कम चल्ने हुँदा सेवाग्राहीलाई ध्यानमा राखेर निःशुल्क बस सेवा सञ्चालन गरेको प्रहरीले जनाएको छ ।
उक्त निःशुल्क बस सेवा कोजागत पूर्णिमा सम्म संचालन हुने जनाएको छ । बस सेवा बिहान ८ः३० बजेबाट सुरु भईरहेको छ । दुईवटा बसले सेवा दिने प्रहरीले जानकारी दिएको छ ।
बस दुईवटा रूटमा चल्नेछ । रूट नम्बर १ नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लखनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल, नक्साल, बालुवाटार, शिक्षण अस्पताल महाराजगञ्ज, चक्रपथ हुँदै चल्ने नेपाल प्रहरीले जनाएको छ ।
दोस्रो रूट चावहिल, सुकेधारा, चक्रपथ, शिक्षण अस्पताल महाराजगञ्ज, बालुवाटार, नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकसम्म सञ्चालन हुने छ ।
यता सशस्त्र प्रहरीले पनि काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यकाका दुईवटा रुटमा निःशुल्क सेवा दिएको सशस्त्रले जनाएको छ ।
दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजे गरी दुई चरणमा निःशुल्क बस सञ्चालन भई रहेकाछन् ।
Categorized in राष्ट्रिय