arin enterprises

ललितपुरको जलस्रोत बचाउन विज्ञहरुको जोड

SamacharDesk | २०८० कार्तिक २४, शुक्रबार

ललितपुरको प्राकृतिक भूमिगत जलभण्डार र जलस्रोतलाई बचाउन स्वदेशी र विदेशी विज्ञहरुले जोड दिएका छन् ।

ललितपुर महानगरपालिका र कोरिया इभारोमेन्त कर्पोरेसनले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले ललितपुरको पारिस्थितिक जैविक प्रणालीलाई संरक्षण गर्नुपर्ने बताएका हुन् ।

ऐतिहासिक सप्तपाताल पोखरी र अतिक्रमित लिच्छवीकालिन माछा उत्पादन केन्द्र नखुखोलाको जैविक प्रणाली र जलचरको जिवन समेत संरक्षण गर्नुपर्नेमा समेत उनीहरुले जोड दिए ।

उपत्यकामा पाटनको पारिस्थितिक जैविक प्रणाली महत्वपूर्ण भएकोले कोरियाली प्रतिनिधिहरुले यसको संरक्षणका लागि आफुहरु आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए ।

Categorized in समाज