विश्व टेलिभिजन दिवस मनाइयो
SamacharDesk | २०८० मङ्सिर ५, मंगलबार

हरेक वर्ष २१ नोभेम्बरमा मनाइने विश्व टेलिभिजन दिवस मंगलबार नेपाल लगायत विश्वभर विविध कार्यक्रम गरी मनाइयो ।
१७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो ।
सन् १९३० को दशकमा प्रशारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ ।
सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगीन दृष्यहरु हेर्न सकिने अवस्था आएको हो । सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा बिस्तार भयो ।
नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो ।
नेपालमा टेलिभिजनको वर्तमान अवस्था नियाल्ने हो भने टेलिभिजनमा प्रशारण हुने कन्टेन्ट विषयवतुहरुको स्तर खस्केको देखिन्छ । प्रशारणको शैली र आम दर्शकमा पुग्ने माध्यम मात्रै परिवर्तन भएकाले टेलिभिजनको महत्व कम हुँदै गएको देखिन्छ ।
अझ सामाजिक सञ्जालहरु युट्व, फेसबुक, टिकटक, इन्टाग्रामहरुमा कुनै पनि घटनाहरु तत्काल सार्वजनिक गर्न पाउने तथा लाइभ पठाउने मिल्ने सुविधाले गर्दा टेलिभिजनको महत्व कम भएको देखिन्छ ।
त्यस अलावा मिडियामा लगानी गर्न आउने मानिसहरु मिडियाप्रति जानकार नहुनुले पनि कतिपय ठाउँमा समस्या आइरहेको देखिन्छ ।
टेलिभिजनले दर्शकलाई चाहिएको कुरा पस्किन सक्ने हो भने टेलिभिजनको आवश्यकता अभैm बढ्ने देखिन्छ ।
Categorized in राष्ट्रिय