ललितपुर महानगरले दुई वटा अत्याधुनिक दमकल किन्यो
SamacharDesk | २०८० मङ्सिर ६, बुधबार

ललितपुर महानगरपालिकाले अत्याधुनिक प्रविधिका दुई वटा दमकल खरिद गरेको छ ।
ललितपुर महानगरले एक सय मिटर भन्दा धेरै टाढासम्म पानीको फोहोर फाल्न सक्ने डबल क्याबिनको दुई वटा दमकल बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।
महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाले विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि ५ करोड ६६ लाख खर्च गरी इसुजी कम्पनीका दुईवटा अत्याधुनिक प्रविधिका दमकल खरिद गरेको जानकारी गराउनुभयो ।
महानगरले पहिलो पटक फर्मसहित दमकल भित्र्याएको हो भने यी दमकलमा २ हजार ५ सय लिटर पानी र ३ सय लिटर फोम ट्यांकीको क्षमता रहेको छ ।
पेट्रोल पम्प, केमिकल भएको ठाउँमा पानीले आगो निभाउन नसकिने भएकोले फर्मसहितको दमकल खरिद गरेको महानगरले जनाएको छ ।
त्यस्तै नयाँ दमकलमा धुँवामा पनि देखिने लाइट जडान गरिएको छ । यी दमकल अरु भन्दा सानो भएका कारण साँगुरो बाटोमा समेत जान सक्ने भएकाले विपद व्यवस्थापनमा थप सहज हुने जनाइएको छ ।
५० डिग्री कोण सम्म पानी फाल्ने यी दमकलबाट ७ तला माथिसम्मका आगलागी निभाउन सकिने महानगरले जनाएको छ ।
योसंगै ललितपुर जुद्ध बारुण यन्त्रसंग रहेका दमकल सख्या ६ पुगेको छ ।
Categorized in समाज